प्रयोगात्मक परीक्षाका दिन परीक्षार्थीले परीक्षा केन्द्रमा अनिवार्य रूपमा जुत्ता लगाई उपस्थित हुनुपर्नेछ । साथै, प्रयोगात्मक परीक्षा केन्द्रभित्र मोबाइल फोन लैजान निषेध गरिएको छ ।
लिखित परीक्षामा उत्तीर्ण भएका आवेदकहरूको प्रयोगात्मक परीक्षा हुने मिति, स्थान तथा समय यस कार्यालयको वेबसाइट र फेसबुक पेजमा दैनिक रूपमा प्रकाशित गरिनेछ । परीक्षार्थीहरूले उक्त माध्यमबाट जानकारी यकिन गरी तोकिएको मिति, स्थान र समयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ ।
तोकिएको समयपछि प्रयोगात्मक परीक्षा दिन आउने परीक्षार्थीहरूको परीक्षा सञ्चालन गर्न कार्यालय बाध्य हुने छैन । साथै, प्रयोगात्मक परीक्षामा प्रयोग हुने सवारी साधनको व्यवस्था परीक्षार्थी स्वयंले गर्नुपर्नेछ।
ट्रायल परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूले उत्तीर्ण भएपछि तोकिएको समयभित्र सम्बन्धित वर्ग अनुसारको निर्धारित राजस्व दाखिला गर्न सक्नेछन् ।
रि-ट्रायल परीक्षा
नयाँ लाइसेन्स तथा वर्ग थप दुवै अवस्थामा ट्रायल परीक्षामा असफल भएका परीक्षार्थीहरूले पहिलो पटक असफल भएको मितिदेखि १८ महिनाभित्र बढीमा ३ पटकसम्म रि-ट्रायल परीक्षा दिन सक्नेछन् ।
रि-ट्रायल प्रयोगात्मक परीक्षाका लागि वर्ग परिक्षाको लागि तोकिएको दिनको अघिल्लो दिन १२:०० बजेसम्म दर्ता तथा निर्धारित राजस्व दाखिला गरिसक्नुपर्नेछ ।
यदि परीक्षार्थी तीन (३) पटकसम्म ट्रायल परीक्षामा असफल भएमा, उनले ९० दिनपछि मात्र पुनः आवेदन फाराम भरी प्रयोगात्मक परीक्षाको सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्नेछ । नयाँ लाइसेन्सको हकमा लिखित परीक्षा समेत पुनः दिनुपर्नेछ ।