महत्वपूर्ण जानकारी

१. कार्यालयले तोकेको समयभित्र राजस्व बुझाउन ढिलाइ भएका वा अनलाइन माध्यमबाट राजस्व भुक्तानी गरेका कारण प्रकाशित नामावलीमा नाम समावेश हुन नसकेका आवेदकहरूको हकमा लगत्तै अर्को दिन सञ्चालन हुने लिखित परीक्षाको नामावलीमा नाम समावेश गरी प्रकाशन गरिनेछ।

२. दिउँसो २:०० बजेसम्म लिखित परीक्षाका लागि बायोमेट्रिक दर्ता तथा राजस्व भुक्तानी सम्पन्न गरेका तर अघिल्लो दिन राजस्व बुझाउन ढिलाइ भई नामावलीमा नाम प्रकाशन हुन नसकेका आवेदकहरूको लिखित परीक्षा सोही दिन दिउँसो २:०० बजेदेखि सञ्चालन हुनेछ। परीक्षा प्रारम्भ भएको १० (दश) मिनेटभन्दा बढी ढिला उपस्थित हुने परीक्षार्थीलाई परीक्षामा सहभागी गराइने छैन।

३. परीक्षार्थीहरूले लिखित परीक्षामा सहभागी हुन आउँदा सक्कल नेपाली नागरिकताको प्रमाणपत्र तथा प्रवेशपत्र वा राजस्व भुक्तानी गरेको सक्कल रसिद अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।

४. लिखित परीक्षाको हाजिरी तथा परीक्षा यस कार्यालयको कोठा नं. १६ (परीक्षा हल) मा सञ्चालन हुनेछ। परीक्षार्थीहरूले प्रकाशित नामावलीमा उल्लेख भएको क्रमअनुसार हाजिर हुनुपर्नेछ। हाजिरीका लागि लाइनमा बस्दा आफ्नो निर्धारित क्रमअनुसार बस्ने तथा सोही क्रममा हाजिरी गर्नुपर्नेछ। निर्धारित क्रममा उपस्थित नभएका परीक्षार्थीको हाजिरी अन्तिममा गराइनेछ।

५. उत्तरपुस्तिकाको प्रश्नपत्र सेटमा आवेदक नम्बर (Applicant ID) तथा पूरा नाम, थर स्पष्ट रूपमा अनिवार्य लेख्नुपर्नेछ।

६. उत्तरपुस्तिकामा सही उत्तर छनोट गर्दा कालो मसी भएको कलम (Black Pen) मात्र प्रयोग गर्नुपर्नेछ। लिखित परीक्षामा पेन्सिल प्रयोग गर्न पाइने छैन।

७. लिखित परीक्षाको नतिजा यस कार्यालयको वेबसाइटमा प्रकाशित गरिनेछ। परीक्षार्थीहरूले नतिजा हेर्नका लागि वेबसाइटमा गई अवलोकन गर्नुपर्नेछ।

८. लिखित परीक्षामा अनुत्तीर्ण (Fail) भएका आवेदकहरूले सवारी चालक अनुमतिपत्रका लागि पुनः आवेदन दिन परीक्षा दिएको मितिले ९० (नब्बे) दिन पूरा भएपछि नयाँ आवेदन फाराम भरी कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।