सवारी चालक अनुमतिपत्रको लागि आवेदन प्रणालीमा स्वागत छ ।
1. सवारी चालक अनुमतिपत्रका लागि निवेदकको उमेर दुई पाङ्ग्रे सवारी (वर्ग A/K) को लागि १६ वर्ष, साना सवारी (वर्ग B) को लागि १८ वर्ष र अन्य सवारीका लागि २१ वर्ष पूरा भएको हुनुपर्नेछ ।
2. नयाँ सवारी चालक अनुमतिपत्रको फर्म भर्नको लागि https://edlvrs.koshi.gov.np/edl मा क्लिक गर्नुहोस् ।
3. New Licence Application मा क्लिक गर्नुहोस् ।
4. National Id (राष्ट्रिय परिचय पत्र) मा क्लिक गर्नुहोस्।
5. आफ्नो नाममा भएको मोबाइल नम्बर प्रयोग गरी मागेको विवरण फरक नपर्ने गरी भरेर राष्ट्रिय परिचय पत्रको फोटो समेत राख्नुहोस् र Continue मा क्लिक गर्नुहोस् ।
6. तपाईंको मोवाइल नम्बर वा Gmail मा आएको OTP Number Type गरी Verify OTP मा क्लिक गर्नुहोस् र त्यसपछि तपाईंको विवरण देखा पर्छ र त्यसलाई Proceed मा क्लिक गर्नुहोस् ।
7. सवारी चालक अनुमतिपत्रमा आवेदन गर्न चाहेको सवारीको वर्गमा क्लिक गर्नुहोस् ।
8. submit Application मा क्लिक गर्नुहोस् ।
9. Application Download गर्नुहोस् ।
10. Proceed Medical Fee मा क्लिक गर्नुहोस् ।
11. तपाईंले आवेदन दिन चाहेको कार्यालय छनौट गर्नुहोस् ।
12. Continue to Payment मा क्लिक गर्नुहोस् ।
13. आएको QR Code को फोटो खिच्नुहोस् वा Screenshot गर्नुहोस् ।
14. मोवाइल बैंकिङबाट मेडिकल शुल्क तिर्नुहोस् ।
15. मेडिकल शुल्क तिरेपछि स्वास्थ्य परिक्षण गर्नको लागि मेडिकल अधिकृतमा जानुहोस् । मेडिकल सम्पन्न भएपछि आवेदन शुल्क र परीक्षा शुल्क तिर्नुहोस् ।
16. कार्यालयमा Approve भएपछि लिखित परीक्षाको लागि मिति छान्नुहोस् । मिति छानेपछि प्रवेशपत्र प्रिन्ट गरी नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्र लिएर तोकिएको समयमै परीक्षा केन्द्र जानुहोस् ।
17. तपाईंको आवेदनको प्रक्रिया वा के हुँदैछ भन्ने जानकारी चाहिएमा आवदेन फर्ममा भएको QR Code Scan गर्नुहोस् वा https://edlvrs.koshi.gov.np/edl मा क्लिक गर्नुहोस् । त्यसपछि Application Tracking मा क्लिक गरेर Application Id राख्नुहोस् र तपाईंको मोवाइल नम्बर वा Gmail मा आएको OTP Number राखेर Send OTP मा क्लिक गर्नुहोस् ।तपाईंको आफ्नो आवेदन कुन प्रक्रियामा पुगेको छ आफैं जाँच गर्नुहोस् ।
18. सवारी चालक अनुमति पत्र सम्बन्धमा थप जानकारी चाहिएमा यस कार्यालयको कोठा नं. १२ मा सम्पर्क राख्नुहोला अथवा सुचना अधिकारीसँग समेत बुझ्न सक्नुहुनेछ ।