महत्वपूर्ण जानकारी

1. आवेदकहरुले आफैंले तोकेको मितिमा सोही दिन तोकिएको समयमा लिखित परीक्षा सञ्चालन हुनेछ। परीक्षा प्रारम्भ भएको १० (दश) मिनेटभन्दा बढी ढिला उपस्थित हुने परीक्षार्थीलाई परीक्षामा सहभागी गराइने छैन।

२. परीक्षार्थीहरूले लिखित परीक्षामा सहभागी हुन आउँदा सक्कल नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र र प्रवेशपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।

३. लिखित परीक्षामा सहभागी परीक्षार्थीहरुको कार्यालयले तोके बमोजिम हाजिर गराइने छ । हाजिरमा अनुपस्थित भएका परीक्षार्थीको नतिजा प्रकाशन गरिने छैन ।

४. उत्तरपुस्तिकाको प्रश्नपत्र सेटमा आवेदक नम्बर (Applicant ID) तथा पूरा नाम, थर स्पष्ट रूपमा अनिवार्य लेख्नुपर्नेछ।

५. उत्तरपुस्तिकामा सही उत्तर छनोट गर्दा कालो मसी भएको कलम (Black Pen) मात्र प्रयोग गर्नुपर्नेछ। लिखित परीक्षामा पेन्सिल प्रयोग गर्न पाइने छैन।

६. लिखित परीक्षाको नतिजाको जानकारीको लागि आवदेन फर्ममा भएको QR Code Scan गर्नुहोस् वा https://edlvrs.koshi.gov.np/edl मा हेर्नुहोस् ।

७. लिखित परीक्षाको नतिजामा उत्तिर्ण वा पास हुनु भएको छ भने प्रयोगात्मक परीक्षाको मिति छनौट गर्नुहोस् ।

८. सक्कल नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र र प्रवेशपत्र अनिवार्य लिएर तोकिएको मिति र समयमा प्रयोगात्मक स्थलमा जानुहोस् ।

९. लिखित परीक्षामा अनुत्तीर्ण (Fail) भएका आवेदकहरूले सवारी चालक अनुमतिपत्रका लागि पुनः आवेदन दिन परीक्षा दिएको मितिले ९० (नब्बे) दिन पूरा भएपछि नयाँ आवेदन फाराम भर्न सक्नुहुनेछ ।