१.आवेदकहरुले आफैंले तोकेको मितिमा सोही दिन तोकिएको समयमा प्रयोगात्मक परीक्षा सञ्चालन हुनेछ । तोकेको समय भन्दा ढिलो उपस्थित हुने परीक्षार्थीलाई परीक्षामा सहभागी गराइने छैन।
२. परीक्षार्थीहरूले प्रयोगात्मक परीक्षामा सहभागी हुन आउँदा सक्कल नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र र प्रवेशपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।
३. प्रयोगात्मक परीक्षाका दिन परीक्षार्थीले परीक्षा केन्द्रमा अनिवार्य रूपमा जुत्ता लगाई उपस्थित हुनुपर्नेछ । साथै, प्रयोगात्मक परीक्षा केन्द्रभित्र मोबाइल फोन लैजान निषेध गरिएको छ ।
४. प्रयोगात्मक परीक्षामा सहभागी परीक्षार्थीले परीक्षामा प्रयोग हुने सवारी साधनको व्यवस्था परीक्षार्थी स्वयंले गर्नुपर्नेछ।
5. प्रयोगात्मक परीक्षामा सहभागी परीक्षार्थीहरुको कार्यालयले तोके बमोजिम हाजिर गराइने छ । हाजिरमा अनुपस्थित भएका परीक्षार्थीको नतिजा प्रकाशन गरिने छैन ।
6. प्रयोगात्मक परीक्षाको नतिजा सोही दिन प्रयोगात्मक स्थलमा नै सम्बन्धित परीक्षार्थीलाई जानकारी गराइने छ ।
७. प्रयोगात्मक परीक्षामा उत्तिर्ण वा Pass हुनु भएको छ भने कार्यालयमा Approve भएपछि सवारी चालक अनुमति पत्रको तोकिएको दस्तुर तिर्नुहोस् । दस्तुर तिरेपछि सवारी चालक अनुमति पत्रको विवरण Screenshot र Download गर्नुहोस् । तपाईं सवारी चलाउन योग्य हुनु भएको छ । ट्राफिक प्रहरी वा कुनै सुरक्षा निकायले सवारी चालक अनुमति पत्र हेर्न चाहेमा सोही प्रमाण देखाउनुहोस् ।
8. सवारी चालक अनुमति पत्रको थप जानकारीको लागि आवदेन फर्ममा भएको QR Code Scan गर्नुहोस् वा https://edlvrs.koshi.gov.np/edl मा हेर्नुहोस् ।
9. प्रयोगात्मक परीक्षाको नतिजामा अनुत्तिर्ण वा Fell भएमा https://edlvrs.koshi.gov.np/edl मा गएर तोकिएको आवदेन दिएर तोकिएको दस्तुर तिर्नुहोस् । प्रवेश पत्र सहित अन्य सक्कलै कागजात लिएर प्रयोगात्मक परीक्षामा सहभागी हुनुहोस् । Re-Trail थप २ पटक दिन पाउने कानूनी व्यवस्था रहेको छ ।
10. यदि परीक्षार्थी तीन (३) पटकसम्म प्रयोगात्मक परीक्षामा असफल भएमा पुन ९० दिनपछि आवेदन फाराम भरी प्रयोगात्मक परीक्षाको सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्नेछ । नयाँ सवारी चालक अनुमति पत्रको हकमा लिखित परीक्षा समेत पुनः दिनुपर्नेछ ।