संक्षिप्त परिचय
यातायात व्यवस्था कार्यालय, मोरङ कोशी प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत रहेको एक महत्वपूर्ण सरकारी निकाय हो। यस कार्यालयको स्थापना वि.सं. २०७१ साल फागुन १४ गते सेवा कार्यालयको रुपमा स्थापना भएको हो। कार्यालयले मोरङ जिल्लालगायत आफ्नो कार्यक्षेत्रभित्र सवारी साधन तथा यातायात व्यवस्थापन सम्बन्धी सेवा प्रवाह गर्दै आएको छ। सुरक्षित, व्यवस्थित, भरपर्दो तथा प्रभावकारी यातायात सेवा प्रदान गर्दै नागरिकलाई छिटो, सरल र गुणस्तरीय सेवा उपलब्ध गराउनु यस कार्यालयको मुख्य उद्देश्य हो । सवारी तथा चालक सम्बन्धी अभिलेखलाई व्यवस्थित गरी यातायात क्षेत्रको सुशासन कायम गर्नु पनि यसको महत्वपूर्ण दायित्व हो।
प्रमुख कार्यहरू
- सवारी चालक अनुमतिपत्र (Driving License) सम्बन्धी सेवा
- सवारी साधन दर्ता तथा नवीकरण
- नामसारी, दर्ता सरुवा तथा अभिलेख व्यवस्थापन
- सवारी साधनको प्राविधिक परीक्षण तथा निरीक्षण
- सार्वजनिक तथा निजी सवारी साधनको नियमन
- सडक सुरक्षा तथा यातायात अनुशासन प्रवर्द्धन
- यातायात क्षेत्रसँग सम्बन्धित राजस्व संकलन तथा अभिलेखीकरण